२ असार २०८३, मंगलबार

जय नेपालमा ‘यामाहा ब्लु फेस्ट’ सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आइतबार हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ । उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै यसले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने कम्पनीको भनाइ छ ।

भदौ २७ गनेसम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन् ।

कम्पनीका अनुसार यस्तो छ एक्सचेन्ज र फाइनान्स अफरहरूमा कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५०,००० रुपैयाँ मूल्याङ्कन हुनेछ । अन्य ब्राण्डमा न्यूनतम २५,००० रुपैयाँ मूल्याङ्कन (कर म्याद पूरा गर्नुपर्ने), एक्सचेन्जमा अतिरिक्त १०,००० रुपैयाँ बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक नरहेको कम्पनीले जनाएको छ ।

यस्तै, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट र भाग्यशाली विजेताहरुले ‘राइड द ब्लु विथ रोडिज’ अनुभव लिने पाउने कम्पनीले जनाएको छ ।

यामाहाले आफ्नो प्रिमियम लाइनअप प्रदर्शन गर्दैछ, जसमा आर१५ भी४, एमटी १५, एफजेट भी३ डीलक्स, रेजेटआर १२५ एफआई हाइब्रीड, एरोक्स १५५ लगायतका मोडेलहरू समावेश छन् । ग्राहकहरूले यामाहाको शक्ति, शैली, र प्रदर्शनको पूर्ण अनुभव गर्ने अवसर पाउनेछन् ।

यस अवसरमा बोल्दै यामाहा नेपालका ईडी, सीईओ दीपक अग्रवालले भने, ‘यामाहामा हामी सधैं यस्तो अनुभव सिर्जना गर्न विश्वास गर्छौं जुन केवल यात्रा मात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव पनि हो । यो पहल हाम्रो मूल्यवान ग्राहकप्रति धन्यवाद प्रकट गर्ने र अझ धेरै राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो ।’