काठमाडौं, २२ भदौ । सुजुकीको काठमाडौंमा स्थापना भएको पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६औं वार्षिकोत्सव विशेष कार्यक्रममार्फत मनाएको छ। हाल जोरपाटी, दक्षिणढोकामा सञ्चालनमा रहेको अटो एभको वार्षिकोत्सवमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, सीजी मोटोकर्पका नेसनल सर्भिस हेड सरोज खड्का, मार्केटिङ म्यानेजर सजल श्रेष्ठ, डिलर इन्चार्ज अभिषेक ठाकुर र समाजसेवी सुदर्शन सिग्देललगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा वक्ताहरूले अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र गुणस्तरीय सेवाका कारण अटो एभले ग्राहकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै भविष्यमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
२०६६ सालमा काठमाडौंको मित्रपार्कमा स्थापना भएको अटो एभ करिब ९ महिना अघि जोरपाटीमा स्थानान्तरण गरिएको हो। संस्थापक मधुसूदन सिग्देलको नेतृत्वमा सञ्चालित यो सर्भिस सेन्टरले मर्मतसम्भारदेखि जेन्युइन स्पेयर पाट्र्ससम्मको सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराउँदै आएको छ।
उत्कृष्ट सेवाप्रदायकका रूपमा सीजी मोटोकर्पबाट पटक–पटक सम्मानित अटो एभले जटिल मर्मतसम्भारसमेत सहजै समाधान गर्दै आएको दाबी गर्दछ। साथै, विभिन्न अवसरमा सर्भिस क्याम्प र फ्रि–चेकअप क्याम्पमार्फत ग्राहकलाई अतिरिक्त सुविधा उपलब्ध गराउँदै आएको छ।










प्रतिक्रिया