काठमाडौं, २० भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसलाई समर्थन गर्नुको विकल्प नभएको बताएका छन्।
पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “कांग्रेस र एमालेका अगाडि समर्थन गर्नुको अरु विकल्प छैन। वा त एउटाले समर्थन गर्छ, वा अर्कोले।”
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै ‘जादुगर नम्बर’ को भ्रम अहिले तोडिएको उल्लेख गरे। ओलीले थपे, “हामीसँग जादुई नम्बर छ भन्ने भ्रम केही समय अघि परेको थियो। जादु भनेको जादु हो, तर एमालेले १४ महिनाको कठिन परिस्थितिलाई परिवर्तन गरेको छ। देशमा अराजनीतिक बेथिति फैलिएको थियो, तर त्यो नियन्त्रणमा आएको छ। हाम्रो पार्टी लोकतन्त्रको रक्षा गर्न लडेको पार्टी हो। यसको संरक्षणका लागि विभिन्न रणनीति अपनाउनु आवश्यक पर्छ।”













प्रतिक्रिया