
काठमाडौं, १९ भदौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न बैंकबीच सम्झौता भएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भई महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ ।
यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको हो । सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरी बैंकको २७५ वटा शाखाहरुमार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलालाइ छुटसहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।








प्रतिक्रिया