२६ जेष्ठ २०८३, मंगलबार

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ भदौ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्ने भएका छन् । एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रालिबीच सम्पन्न भएको सम्झौता बमोजिम छुट प्रदान गर्न लागिएको हो ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्नेछ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।