१९ असार २०८३, शुक्रबार

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी​

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ ।

यस साझेदारीमार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्, जसले बैंकका आफ्ना ग्राहक तथा कर्मचारीको बसाइ अझ किफायती र सहज हुने बैंकले जनाएको हो ।

साथै, बैंकका आफ्ना ग्राहक तथा कर्मचारीले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पुल प्रयोगमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।