
काठमाडौं, १८ भदौ । नेपाल टेलिकमको ‘कलर रिङब्याक टोन’ (सीआरबीटी) सेवा अवरुद्ध भएको छ ।
प्राविधिक समस्या उत्पन्न भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा अवरुद्ध रहने टेलिकमले जनाएको छ । यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको बताउँदै टेलिकमले यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।









प्रतिक्रिया