
काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ललितपुरको पुल्चोकमा रहेको लबिम मलबीच एससीटी युनियनपे कार्डबाहकहरूका लागि प्रति घण्टा मात्र १ रुपैयाँमै पार्किङ सेवा सुरु भएको छ ।
यस सेवाअन्तर्गत एससीटी–युनियनपे कार्डबाहकहरूले लबिम मल पुल्चोकको अन्डरग्राउन्ड पार्किङमा ५ घण्टासम्म प्रति घण्टा मात्र १ रुपैयाँको दरले पार्किङ सुविधा लिन सक्नेछन् ।
यस सुविधा लिनका लागि ग्राहकले आफ्नो एससीटी–युनियनपे कार्डबाट लबिम मलको पार्किङ रहेको पोस मेसिनमा आफ्नो पार्किंङ अवधि अनुसार प्रति घण्टा मात्र १ रुपैयाँको दरले भुक्तानी गर्नु पर्नेछ । आज सेप्टेम्बर १ देखि सुरु भएको यो सेवा सेप्टेम्बर महिनाभर लागु हुने कम्पनीले बताएको छ ।
एससीटी–युनियनपे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससीटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।
कम्पनीका अनुसार एससीटी–युनियनपे कार्डबाहकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।








प्रतिक्रिया