२१ असार २०८३, आइतबार

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी तालिम सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ (एएमएल) तथा कमबेटिङ द फाइनान्सिङ अफ टरेरिजम (सीएफटी)का साथै संस्थागत सुशासनसम्बन्धी विशेष तालिम कोहलपुरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, तथा उपनिर्देशक पदमप्रसाद सोडारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्नसक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नारायणी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका शाखा प्रमुख लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं तथा कम्पनीको विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।