५ श्रावण २०८३, मंगलबार

सिटिजन्स बैंकको अगुवाईमा ४४.५२ मेगावाटको सानिभेरी जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सिदार्थ बैंक र सानिमा बैंकसहित ५ बैंकहरुले ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानीगर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना आउने भएको छ । सोमबार प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रालि एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । यो परियोजना लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब ९ अर्ब ६० करोड रुपैयाँ मध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ७ अर्ब २० करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनलबाट २ अर्ब ५० करोड, नबिल बैंकबाट १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट १ अर्ब २० करोड, सिदार्थ बैंकले १ अर्ब र सानिमा बैंकबाट १ अर्ब रुपैयाँ लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोटस्थित सबस्टेशनमा जोडिनेछ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घण्टा र वर्षा याममा १८२.११३ गिगावाट गरी वार्षिक २८१.११३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्पmत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई सञ्चालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए । हालसम्म निर्माण सम्पन्न भएका १६६.४०१ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा जलविद्युत आयोजनासहित जम्मा १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत आयोजनामा यस बैंकको लगानी रहेको छ ।

सिटिजन्स बैंकले हालसम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रालिका तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी सकिएकोले आयोजना तत्काल निर्माण सुरु गरी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।