१० असार २०८३, बुधबार

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डद्वारा एक अर्ब रुपैयाँ संकलन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रुपैयाँ रकम संकलन गर्न सफल भएको छ ।

यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पुर्‍याउनु यस फण्डको मुख्य उद्देश्य हो ।

‘यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र हामीप्रति जनाउनुभएको विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरुप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ ।’ एक विज्ञप्ति जारी गर्दै लक्ष्मी सस्टेनेवल इनर्जीले भनेको छ । साथै, लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ओपरेटिङ प्रिन्सिपल्स फोर इम्प्याक्ट म्यानेज्मेन्टमा हस्ताक्षरकर्ता समेत रहिआएको छ ।