१५ असार २०८३, सोमबार

सीसँग प्रधानमन्त्री ओलीले लिपुलेकको मुद्दा उठाएपछि भारतमा रोइलो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको मुद्दा उठाएका छन्।

ओलीले भारत–चीनबीच गत अगस्ट १५ मा गरिएको सम्झौताप्रति असहमति व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले सीसँगै असन्तुष्टि व्यक्त गरेपछि अहिले भारतमा यो विषयले चर्चा पाएको हो ।

भारतीय मिडियाले ओलीको कदमलाई नेपालको राष्ट्रवादी अडानको रूपमा चित्रण गरेका छन्। पीटीआईले नेपालको दाबीलाई औँल्याउँदै भारतले ऐतिहासिक र प्रमाणमा आधारित नभएको भन्दै अस्वीकार गरेको उल्लेख गरेको छ। नवभारत टाइम्स, न्यूज१८, जागरण, ईटीभी भारत, जी न्यूज र दी ट्रिब्युनले पनि ओलीले सम्झौतालाई लिएर चीनसँग ‘कडा कुरा’ गरेको समाचार प्रकाशन गरेका छन्।

अझै, भारतीय मिडियाले चीनको मौनतालाई रणनीतिक मौनता भनेर व्याख्या गरेका छन्। प्रधानमन्त्री ओलीले लिपुलेकलाई नेपालको अभिन्न अंग र १८१६ को सुगौली सन्धिको हवाला दिँदै नेपालकै सम्प्रभुता कायम रहने बताएका छन्।