१२ असार २०८३, शुक्रबार

सामसुङ ग्यालेक्सी ए१७ ५जी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए–सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए१७ ५जी सार्वजनिक गरेको छ । यसको मूल्य ३४,९९९ रुपैयाँ (८/२५६जीबी), ३०,९९९ रुपैयाँ (८/१२८जीबी) र २८,९९९ रुपैयाँ (६/१२८जीबी) तोकिएको छ ।

ग्यालेक्सी ए१७ ५जी मा ६.७–इन्च सुपर अमोल्ड डिस्प्ले ९०एचजेड रिफ्रेस रेटसहित अझै पातलो र हल्का डिजाइन, र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ । यसमा ५०एमपी ओआइएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा–वाईड, र २एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ । यसमा जेमिनाइ इंटिग्रेशन, जेमिनाइ लाइभ, र सर्कल टु सर्च जस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने कम्पनीले जनाएको छ ।

सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी ए१७ ५जी मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौँ । प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो । ए१७ ले एआई सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ ।”

यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी ५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन् । साथै, छ वर्षको सुरक्षा अपडेट र छ ओएस अपग्रेडको साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ ।

ग्यालेक्सी ए१७ ५जी मार्फत सामसुङले नेपालमा आफ्नो मिड रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउँदै उपभोक्तालाई एआई इनोभेशन, स्टाइल, परफर्मेन्स, टिकाउपन, र पहुँचयोग्यताको उत्कृष्ट संयोजन उपलब्ध गराएको छ ।