धरान, १५ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अल्पमतमै पनि बजेट पारित भएको घोषणा गरेका छन् ।
नेकपा (एमाले)ले कार्यपालिका बैठक बहिष्कार गरेपनि साम्पाङले अल्पमतमै बजेट पारित भएको घोषणा गरेका हुन् ।
मेयर, उपमेयर र वडाध्यक्षसहित ११ जनाको मात्रै उपस्थितिमा बजेट पारित भएको घोषणा गरिएको हो । एमालेले उप महानगरले ल्याउन लागेको घाटा बजेट स्वीकार गर्न नसक्ने स्पष्ट पारेको छ ।








प्रतिक्रिया