
काठमाडौं, १५ भदौ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकैदिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । शुक्रबार चाँदी प्रतितोला २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया