२१ जेष्ठ २०८३, बिहिबार

उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । सिंहदरबारमा शुक्रबार भएको सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ।

कृषिमन्त्री रामनाथ अधिकारीले आन्दोलन रोक्न आग्रह गरे पनि किसानहरूले स्वरूप मात्र परिवर्तन गर्ने बताएका छन्।

किसानहरूको माग अनुसार प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने भए पनि अर्थ मन्त्रालयले बजेट रोकेको आरोप लगाइएको छ।

संघर्ष समितिले शनिबार माइतीघरमा पत्रकार सम्मेलन गरेर आगामी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।