काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताबारे चीन भ्रमणका क्रममा कुरा उठाउने बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले नेपाली भूमि लिपुलेकबारे भारत-चीनबीच भएको सहमतिबारे कुरा उठाउने बताएका हुन् ।
उच्चस्तरीय भेटघाटमा लिपुलेकको कुरा त उठ्लान निरु भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने- अवश्य उठ्छ।
ओलीले भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमणमा जाँदैछन्।















प्रतिक्रिया