काठमाडौं, १३ भदो । कुलिङ पिरियडम छेडखानी भएको प्रकरणपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडा संसदीय सुनुवाई समितिको सदस्यमा गएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यसअघि संसदीय सुनुवाई समितिमा रहेकी ईश्वरी न्यौपाने भने राज्य व्यवस्था तथा सुशासन मितिको सभापति बनेकी छिन् ।









प्रतिक्रिया