काठमाडौं, १३ भदौ । साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई धरौटीमा छोड्न आदेश दिएको छ।
आज काठमाडौं जिल्ला अदालतको न्यायाधीस ध्रुवराज कार्कीको इजलासले २० हजार धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आज बिहान पाँडेविरूद्व मुद्वा दर्ता गरेको थियो ।
आजै थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।









प्रतिक्रिया