काठमाडौं, १३ भदौ । नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप आज केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीका बारेमा ब्रिफिङ गरेका छन् । उनले आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसंगठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचार–प्रसार, मिडिया सेण्टर स्थापना, स्वयम् सेवक व्यबस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल गरिएको संयोजक ढकालले जानकारी दिए ।
संयोजक ढकालले पार्टीको विधान महाधिवेशन एमालेको नीति र संगठनात्मक यात्रामा महत्वपूर्ण मोड भएको भन्दै सबै जनसंगठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गरेका छन् । बैठकमा जनसंगठनका इञ्चार्ज र अध्यक्षहरूको सहभागिता थियो ।














प्रतिक्रिया