२४ जेष्ठ २०८३, आइतबार

संसदमा गृहमन्त्रीको राजीनामा माग

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सांसद किरणकुमार साहले मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहले हत्या, लुटपाटजस्ता आपराधिक घटना बढिरहेको, कानुनको कार्यान्वयनमा सरकार असफल देखिएको भन्दै गृहमन्त्रीलाई गृह मन्त्रालय चलाउने क्षमता नभएको आरोप लगाए ।

‘म स्पष्ट भन्छु यो सबै गृहमन्त्रीको लापरबाही र कमजोरी हो,’ साहले भने, ‘यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने उहाँले राजीनामा दिनुपर्छ ।’

साहले सुशासन, संविधान कार्यान्वयन र कानुनी शासन स्थापना गर्न आफू तयार रहेको उल्लेख गर्दै चुनौतीका रूपमा एक महिनाका लागि गृह मन्त्रालय दिन आग्रह गरे । उनले त्यस अवधिमा सफल नभए आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको समेत चेतावनी दिए ।