१५ असार २०८३, सोमबार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन समितिको माग गर्दै आन्दोलनरत छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख घिमिरेले रास्वपाका गणेश पराजुलीलाई बोल्न दिएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाली भूमिबारे कुरा राख्नुपर्ने धारणा राखे ।

त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेका थिए । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ ।