२३ जेष्ठ २०८३, शनिबार

रास्वपा नेता अरनिकोविरूद्ध अदालतमा मुद्दा दर्ता

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेविरूद्ध मुद्वा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आ काठमाडौं जिल्ला अदालतमा मुद्वा दर्ता गरेको हो ।

पाँडेको थुनछेक बहस न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ । उनीविरूद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन्।

मुद्वा परेपछि उनी गत बुधबार आफैँ साइबर ब्यूरोमा उपस्थित भएका थिए ।