२९ जेष्ठ २०८३, शुक्रबार

आशिका तामाङलाई ५ दिनको कैद फैसला

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । अभियन्ता आशिका तामाङलाई पाँच दिनको कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीस विश्वनाथ भट्टराईको इजलासले उनलाई ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको हो । तामाङले भक्तपुरको साँगास्थित झोलुंगे पुलमा शुल्क लिएको भन्दै रसिद च्यातिदिएकी थिइन् ।

अदालतले ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति तिर्नुपर्ने साथै पीडित राहतकोषमा दुई-दुई सय बुझाउनुपर्ने फैसला पनि गरेको छ ।