
सुर्खेत, १२ भदौ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आर्कषित बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन् ।
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरुसँको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेललले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदाहुँदै पनि रोकिनुपरेको तर्फ बैंकहरुको ध्यानाकर्षण गराए । कँडेलले कर्णालीबाट रोजगारीको विदेशिने जनशक्तिलाई यही कुनै उद्यम व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउनेतर्फ बैंकहरुलाई वित्तीय साक्षरता चलाउन सुझाव दिए । उनले भने, ‘सेवाग्राही बैंक खोज्दै होइन, तपाईंरु सेवाग्राही खोज्दै जानुस् ।’
मुख्यमन्त्री कँडेलले उद्यम व्यवसायमा जति लगानी बढायो त्यतिनै आर्थिक क्षेत्र चलाएमान हुने र रोजगारी सृजना हुने हुँदा बैंकहरुले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘तपाईंहरुले यहाँ काम गर्नु भएको छ, बैंकका पनि आ-आफना सीमाहरु होलान् तर नागरिकलले महशुस हुने सरलीकृत गर्ने काममा कमजोरी देखिन्छ ।’
बैंकहरुले सम्पत्ति मूल्याकंनमा समेत विभेद गरेको आफूले सुनेको बताउँदै मुख्यमन्त्री कँडेलले लगानीको जोखिम नहुने गरी सम्पत्ति मूल्यांकनमा विभेद नगर्न बैंकहरुलाई आग्रह गरे । मुख्यमन्त्री कँडेलले विकास र समृद्धिको प्रशस्त सम्भावना भएपनि कर्णाली पछि परेको र बैंकहरुले यहाँ लगानी नीति बनाँउदा अरु प्रदेशसँग तुलाना नगर्न पनि सुझाव दिए ।
मुख्यमन्त्री कँडेलले विगतमा प्रदेश सरकारले दिँदै आएको अनुदानको बारेमा नकारात्मक टिप्पणी र दुरुपयोगको सम्भावनालाई मध्यनजर गर्दे चालु आर्थिक वर्षदेखि व्याज अनुदानको कार्यक्रमका क्षेत्रलाई विस्तार गरिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले प्रदेश सरकारबाट बैंकहरुमार्फत कार्यान्वयन हुने व्याज अनुदान तथा कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।













प्रतिक्रिया