काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाले आन्दोनलनरत कवाड व्यवसायीसँग कुनै पनि वार्ता र सहमति नहुने स्पष्ट पारेको छ ।
नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको कार्यपालिका बैठकले निर्णय गरेर कबाड व्यवसाय हटाएकाले महानगरले थप वार्ता र सहमति नगर्ने बताएका हुन् ।
थप बाँकी रहेको ठाउँबाट कबाड व्यवसायीका टहरा हटाउने उनले स्पष्ट पारे ।
‘अब बाँकी रहेका ठाउँबाट पनि कबाड व्यवसाय हटाउँछौँ । आवासीय क्षेत्रबाहेक जता गरे पनि केही भनेका छैनौँ । बस्ती क्षेत्रका कबाड व्यवसाय बाँकी राख्दैनौँ,’ पाण्डेले भने ।









प्रतिक्रिया