काठमाडौं, १२ भदौ । नेपालको बाटो हुँदै तीनजना पाकिस्तानी आतंकवादी भारत छिरेको भन्दै भारतमा हाई अलर्ट जारी गरिएको छ ।
आतंकवादी संगठन जैस-ए-मोहम्मदका तीन आतंककारी नेपाल हुँदै बिहार प्रवेश गरेको दावी गर्दै हाई अलर्ट जारी गरिएको हो ।
भारत पसेका दावी गरिएका आतंकवादीमा पाकिस्तानस्थित बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल हुसेन र रावलपिंडीका हसनैन अली अवान भएको दावी गरिएको छ ।
तीनै जनाको राहदानीसँग सम्बन्धित जानकारी पनि सार्वजनिक गरिएको छ।








प्रतिक्रिया