२२ असार २०८३, सोमबार

प्रभाकरले मलाई नपत्याएर पार्टीको आन्दोलन वा इतिहास रोकिँदैन : प्रचण्ड

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले साथ नदिए केही फरक नपर्ने बताएका छन् ।

प्रदेश कमिटीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका प्रचण्डले प्रभाकरले नपत्याए पनि आन्दोलन नरोकिने बताएका हुन् ।

उनले भने, ‘एक जना प्रभाकरले मलाई नपत्याएर पार्टीको आन्दोलन वा इतिहास रोकिँदैन । स्थायी समितिको बैठकले यो कुरा प्रस्ट पारेको छ ।’

प्रभावकरले भनेका कुरामा पदाधिकारी बैठकमा छलफल हुने उनले बताए ।

उनले पार्टीभित्र स्वार्थ समूह सक्रिय रहेको आरोप लगाए । ‘स्वार्थ समूह भन्नाले पार्टीको विचार, विधि र नेतृत्वभन्दा बाहिर रहेर आन्तरिक या बाह्यरूपमा व्यक्तिगत हितमा केन्द्रित भएर गतिविधि गर्नेहरू हुन्,’ उनले भने ।