२८ जेष्ठ २०८३, बिहिबार

माओवादीलाई विश्वास नगरे देश बच्दैनः प्रचण्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् । आज काठमाडौँमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उनको भनाइ छ ।

उनले माओवादीले सरकारमा रहेर नराम्रा काम नगरेको जिकिर गरे । उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको बताए ।

उनले माओवादीअनुसारको पाठ्यक्रम, योजना र नीतिहरू बन्नुपर्नेमा त्यसो हुन नसकेको स्विकारे । प्रचण्डले भने, ‘माओवादीको सरकार हुँदा नराम्रो काम गरेकै छैन । भ्रष्टाचारीलाई बचाउन काँग्रेस र एमालेले सरकार बनाएका हुन् । मैले त सदनमै भनेको छु । नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ‚ बच्दैन, बच्दैन ।’

उनले माओवादीले पनि विगतमा गरेका कमी, कमजोरी सच्याएर अघि बढ्ने बताए।