
महोत्तरी, ११ भदौ । महोत्तरीको बर्दिवास नगरपालिका–९ बाट ४६ लाख ५० हजार रुपैयाँ बराबरको संचार सामाग्री बरामद गरिएको छ । बरातु खोला बगर ईलाकाबाट सशस्त्र प्रहरीले ४६ लाख ५० हजार रुपैयाँ बराबरको संचार सामाग्री बरामद गरेको हो ।
मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरकोे ई–रिक्सामा लोड गरिएको अवस्थामा आवश्यक कागजात तथा बिलबिजक समेत नभएको संचार उपकरण Ericsson कम्पनीको 8863 B40 मोडलको आठ वटा Radio सेट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले उल्लेखित मुल्य बराबरको संचार सामाग्री बरामद गरेको हो । दुरसंचारको टावरमा प्रयोग हुने यि उपकरण कस्ले कुन प्रयोजनको लागि ल्याईएको हो खुलेको छैन ।
बरामद सामान तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।









प्रतिक्रिया