२१ जेष्ठ २०८३, बिहिबार

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ भदौ । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (वनर) र प्रभु बैंकका तर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुनसक्छ ।

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने बैंकको विश्वास छ ।