
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले चार जना वरिष्ठ न्यायाधीशलाई छाडेर संवैधानिक इजलास गठन गरेका छन् । यसअघि वरिष्ठ न्यायाधीशहरूलाई समेटेर संवैधानिक इजलास गठन गर्ने चलन रहेकोमा आज प्रधानन्यायाधीश राउतले वरिष्ठत् न्यायाधीश सपना प्रधान मल्लपछिका चार जना वरिष्ठ न्यायाधीशहरूलाई नराखी इजलास गठन गरेका हुन् ।
इजलासमा प्रधानन्यायाधीश राउतको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहेका छन् । प्रधानन्यायाधीश आफैँले संवैधानिक इजलासमा न्यायाधीश गठन गर्न सक्ने संवैधानिक व्यवस्था छ ।








प्रतिक्रिया