२४ जेष्ठ २०८३, आइतबार

रुटिन अफ नेपाल बन्दले पायो नेपाल–वेस्टइन्डिज टी–२० सिरिजको स्पोन्सरशिप र प्रसारण अधिकार

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ भदौ । नेपाली क्रिकेट इतिहासमा एउटा ऐतिहासिक कोसेढुंगा मानिएको नेपाल–वेस्टइन्डिज टी–२० अन्तर्राष्ट्रिय सिरिजको स्पोन्सरशिप तथा प्रसारण अधिकार रुटिन अफ नेपाल प्राइभेट लिमिटेडले प्राप्त गरेको छ ।

बुधबार फेसबुकमा एक पोस्ट राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले यूएईको शारजाहमा हुने यस सिरिजका लागि रुटिन अफ नेपालले विशेष अधिकार पाएको जानकारी दिएको हो ।

रुटिन अफ नेपालले फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालमा ‘रुटिन अफ नेपाल बन्द’ को नामबाट सामग्री पोस्ट गर्दै आएको छ । यसअघि चैत २०७९ मा यस कम्पनीले आफ्नो युट्युब च्यानलमार्फत प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण देखाएको थियो ।

सन् २०१४ मा टी–२० विश्वकपमा छनोट भएपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट टी–२० आई खेल्ने मान्यता पाएको थियो । तर, आईसीसीका पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्न नेपाललाई ११ वर्ष कुर्नु परेको हो ।

नेपालले वेस्टइन्डिजसँग सेप्टेम्बर २७, २८ र ३० मा तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका रहेको छ ।