१ असार २०८३, सोमबार

आगो लगाउनुअघि पासवानको भिडिओ– रूवीले मारिदेउ भनेपछि मारेँ, मारेदेखि हात काँपिरहेको छ

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौटहट, ११ भदौ । केही दिनअघि रौतहटमा सुटकेसमा शव फेला परेकी रूवी साहको हत्यामा संलग्न लक्ष्मण पासवान पक्राउ परेका छन् । उनी आज आफैँले आफैँलाई आगो लगाएको अवस्थामा घाइते फेला परेका हुन् ।

यस्तै उनले आफैँलाई आगो लगाउनुअघि रूवीको हत्या आफूले गरेको स्वीकारेका छन् । यस्तै, उनले रूवी र आफू विद्यालयदेखि नै प्रेम सम्बन्धमा भएको पनि बताएका हुन् । आफूहरूले अदालतमा बिवाह पनि गरेको पनि खुलाएका छन् ।

आफूसँग पैसा नभएको भन्दै रूवीलाई उनको परिवारले तनाव दिने गरेको साथै अन्य व्यक्तिसँग शारीरिक सम्बन्धका लागि बाध्य बनाउने गरेको दावी पनि उनले गरेका छन् ।

उनले हत्या अघि रुवी व्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् ।

‘मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,’ उनले भनेका छन् । यस्तै रूवीको हत्या गरेदेखि आफ्नो हात काँपिरहेको र बाँचेर के गर्नु भनेर आफैँलाई आगो लगाएको पनि उनले भिडिओमा बताएका छन् ।

‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ,’ उनले भिडियोमा भनेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर उपचारका लागि अस्पताल पठाएको छ ।