
काठमाडौं, ११ भदौ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्य विनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।










प्रतिक्रिया