
रौतहट, ११ भदौ । माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ परेका छन् ।
आफूले आफैलाई आगो लगाएको अवस्थामा प्रमुख अभियुक्त लक्ष्मण पासवान पक्राउ परेका हुन् ।
बुधबार बिहान रौतहटको माधव नारायण–६ मा आफूले आफैलाई आगो लगाएर छटपटिरहेको अवस्थामा पासवान पक्राउ परेका हुन् । पासवानको गरुडास्थित बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रुबीको गत शनिबार हत्या भएको थियो । उनको शव सुटकेशमा फेला परेको थियो ।









प्रतिक्रिया