
काठमाडौं, ११ भदौ । दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दोलखाकै गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति भीमेश्वर–५ माटीका २४ वर्षीय सिरिस बस्नेत र बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्यामबहादुर खत्री ‘सुजन’को मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चरिकोटस्थित च्छोरोल्पा अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति काठमाडौंबाट चरिकोटतर्फ जाँदै गरेका बस्नेतले चलाएका बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया