
वीरगञ्ज, ११ भदौ । वीरगञ्जमा भेटिएका हैजा संक्रमितमध्ये ११ प्रतिशत बिरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ ।
वीरगञ्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जनामध्ये २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपनि उनीहरुलाई सघन कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । आइसियुमा भर्ना रहेकाहरुको रक्तचाप नभेटिएको, शरीरमा पानी कम भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढ्दै गएको वीरगञ्ज हेल्थ केयर अस्पतालमा सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिए । उनले अत्याधिक रुपमा भएको झाडा पखालाका कारण बिरामीको शरीरमा पानीको मात्रा कम भएको कारण मृगौलामा समस्या देखिएको छ भने बिरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाइनपानी चढाउनु परेको बताए ।
वीरगञ्जको विभिन्न अस्पतालमाको संघन कक्ष (आइसियु)मा भर्ना रहेका बिरामीमध्ये सबैभन्दा बढी ९ जना वीरगञ्ज हेल्थ केयर अस्पताल र ८ जना तराई अस्पतालमा भर्ना रहेका छन् ।
वीगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान ८ बजे सम्ममा झाडापखाला भएका ६२ जना नयाँ बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन् ।
शुक्रबार बेलुकादेखि मंगलबार बिहानसम्म झाडा पखालामा ३ सय ९१ जना बिरामीले वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गएका छन् भने त्यसमध्ये १ सय ७१ जना बिरामी निको भई घर फिर्ता भएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बारा पर्सा लगायतका जिल्लाबाट उपचार गराउन वीरगञ्जका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ४४ प्रतिशत बिरामी निको भई घर फिर्ता भएका छन् भने बिरामी भर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरुले बताएका छन् ।








प्रतिक्रिया