३० जेष्ठ २०८३, शनिबार

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । संघीय संसद्अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार) बस्दैछ ।

आज राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधाय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।