१९ असार २०८३, शुक्रबार

रवि लामिछानेले दिए उच्च अदालतमा निवेदन

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ भदौ । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्।

जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनले उच्च अदालतमा निवेदन दिएका हुन् ।

लामिछानेले आफ्नो भागको बिगो बराबर धरौटी बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका हुन् ।

निवेदनमा आगामी बुधबार पेसी तोकिएको छ।