काठमाडौं, ९ भदौ । राज्य व्यवस्था समितिको सभापति चयनका लागि निर्वाचन हुने भएको छ ।
आज संघीय संसद सचिवालयले निर्वाचनका लागि सूचना प्रकाशन गरेको हो। सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि तोकेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
कुलिङ पिरियडमा छेडखानी प्रकरणमा मुछिएपछि रामहरि खतिवडाले सभापतिबाट राजीनामा दिएपछि सभापति पद रिक्त रहेको छ ।















प्रतिक्रिया