२२ जेष्ठ २०८३, शुक्रबार

रौतहटमा सुटकेशभित्र भेटिएको शवको पहिचान खुल्यो

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ८ भदौ । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा भेटिएको महिलाको शवको पहिचान खुलेको छ ।

उनी ३५ वर्षीया रुबिकुमारी साह भएको खुलेको हो । रौतहट माधवनारायण–६ कि साहले भारतको मुजफ्फरपुरमा विवाह गरेकी थिइन् ।

बच्चा पढाउन उनी गौरमा डेरा लिएर बसेको र दुई दिनदेखि बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन् । उनका पति भने भारतमै बस्छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।