६ असार २०८३, शनिबार

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ८ भदौ । गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवालाबा मोड नजिक एक सुटकेशभित्र महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।