२१ जेष्ठ २०८३, बिहिबार

योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर बन्देज गर्न मिल्दैन : भानुभक्त ढकाल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर नेतृत्वमा बन्देज गर्न नहुने बताएका छन् ।

अनेराववियु महिला विभागको आयोजना भएको तीज विशेष कार्यक्रममा बोल्दै ढकालले भदौको १९ गतेदेखि हुने पार्टीको दोस्रो विधान महाधिवेशनले यस विषयमा टुंगो लगाउने बताए । ‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ’ ढकालले भने, ‘यी दुवै विषयलाई विधान महाधिवेशन अनुमोदन गर्दछ ।’

ढकालले देशको आवश्यकता, पार्टीको आवश्यकता र व्यक्तिको क्षमतालाई उमेरको बन्देज लगाएर रोक्नु नहुने बताए । उनले ७० वर्षे उमेर हद खुलाउँदा त्यसभन्दा मुनिको उमेर समूहले प्रतिस्पर्धा गर्न नपाउने नभनिएकोले यसमा कसैले आपत्ति जनाउन नुहने बताए ।

‘७० वर्षे उमेर हदा हटाउँदा त्यसभन्दा मुनिको उमेर समूहका कमरेडहरुले प्रतिस्पर्धा गर्न पाउदैनन् भनिएको होइन’ ढकालले भने, ‘आत्मविश्वास र जनमत छ जस्तो लाग्छ भने सबैले प्रतिस्पर्धा गरे हुन्छ ।’

ढकालले विगतमा माओवादीसँग पार्टी एकता गरेर नेकपा बनाउँदा होस वा त्यसभन्दा पछि एमालेबिनाको नेपाल र केपी ओलीबिनाको नेपाल बनाउने भनेर तम्सिनेहरु धेरै रहेको स्मरण गरे ।

‘जसजसले यो मनशाय राख्नुभयो त्यो गलत थियो । त्यो आम एमालेको धारणा थिएन’ ढकालले भने, ‘यस्तो धारणा राख्नेहरु व्यक्तिगत स्वार्थमा केन्द्रित थिए । उनीहरु पार्टीको हितभन्दा व्यक्तिको हित चाहन्थे । उनीहरुका चाहना पूरा भएनन् र पूरा हुँदैनन् पनि ।’

ढकालले अनेरास्ववियु संगठनका विषयमा निर्णय गर्न स्वतन्त्र भएको बताए । उनले गण्डकी लगायत केही ठाउँमा भइरहेको विवादका विषयमा आफू जानकार रहेको, असन्तुष्ट रहेकाहरुसँग संवादमा रहेको पनि बताए । उनले अखिलमा ३२ वर्षे उमेरको हद लगाएको कारण युवाहरुको नेतृत्व विकासका लागि भएको बताए ।

‘संगठनको हित हुने कुरा तपाईंहरुले छलफल गर्नुहोस् । कतिपय कुरा हामीले भनेका भन्दा तपाईंहरुले भनेकै सान्दर्भिक हुन सक्छन्’ ढकालले भने, ‘यस्ता जायज कुरामा पार्टीले हस्तक्षेप गर्दैन ।’