२६ जेष्ठ २०८३, मंगलबार

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ भदौ । स्क्रब टाइफसबाट आज एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।

यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।