
हेटौंडा, ७ भदौ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–१ बागझोरामा हिजो (शुक्रबार) गएको पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
पहिरो पन्छाउन भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा उद्धार तथा सफाइ कार्य गरिएको हो । सडक खुलाउने क्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा स्थलमै उपस्थित रहेका थिए । साथै, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरू समेत स्थलमा उपस्थित थिए ।
अहिले अस्थायी रूपमा एकतर्फी मात्र आवागमन सुरु गरिएको छ भने पूर्ण रूपमा दुवैतर्फको यातायात खुलाउन थप काम जारी रहेको जिल्ला प्रशासनले जनाएको छ ।








प्रतिक्रिया