
वीरगञ्ज, ७ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोड रुपैयाँले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा ६० अर्ब छ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा आठ अर्ब ४५ करोड रुपैयाँको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा तीन अर्ब पाँच करोड रुपैयाँको मात्रै सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१/८२ को साउनमा १५ अर्ब ९२ करोड रुपैयाँको राजस्व सङ्कलन भएको थियो ।








प्रतिक्रिया