१४ असार २०८३, आइतबार

‘ओलीबिनाको एमाले र एमालेबिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ’

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ७ भदौ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईंले नेपालमाथि अहिले पनि विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् । एमाले रामेछापको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै चौलागाईंले त्यही अन्तर्राष्ट्रिय गिरोहले केपी ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल बनाउने षडयन्त्र गरिरहेका चौलागाईंको दाबी छ ।

चौलागाईंले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले बताए । उनले भने, ‘चौतर्फी आक्रमण भएको बेला, सबै एक भएर घेराबन्दी गरेको बेला समेत पार्टीलाई पहिलो पार्टी नेतृत्वलाई बचाउने कुरा हो अहिले, राष्ट्रको अहित गरेको कारणले होइन । बाह्य हस्तक्षेत्रको विरोध गरेको कारण अहिले केपी ओलीको विरोध भएको हो । राष्ट्रिय हितको नेतृत्व गरेको नेतालाई हामीले बचाएर लैजानुपर्छ ।’

नेपालमाथि लगातार भारतीय हस्तक्षेप भएको बताउँदै चौलागाईंले त्यसको सशक्त प्रतिवाद गर्ने नेता केपी ओली नै भएको बताए । भारतको नाकाबन्दीको सामना गर्ने कुरा होस् वा चुच्चे नक्सा जारी गर्ने बेला होस् सबै मुद्दामा केपी ओली चट्टान जस्तै उभिएका चौलागाईंले दाबी गरे । नेपालमा स्थिरता हुन नदिन, अस्थिरताको खेल खेलिरहन चाहने शक्तिले एमाले भित्र फुट र विभाजनको आगो लगाउने काम गरेका चौलागाईंको भनाइ छ ।

अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि पनि त्यसकै परिणाम भएको उनको दाबी छ । ‘हामी मिसन २०८४ भने अघि बढ्यौँ, एमाले एक भएर संगठनलाई सुदृढ गरेर गयो भने २०८४ मा स्पष्ट बहुमत ल्याउन सक्छ भन्ने ती शक्तिहरूले बुझेका छन्, त्यसैले यस्तो गतिविधि भएका हुन्, अझै २०८४ सम्म यस्ता धेरै गतिविधि हुन्छन्’, चौलागाईंले भने ।

चौलागाईंले पार्टीको जरा केन्द्रित अभियानले राजनीतिक र सामाजिक स्थितिको जानकारी भएको बताउँदै त्यही प्रतिवेदनको आधारमा पार्टीको कामलाई अघि बढाउनु पर्नेमा जोड दिए । पार्टीका तलका कमिटीलाई बलियो बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड छ ।

‘मुख्य केन्द्र पालिकालाई बनाउनु पर्छ, पालिकाले सक्षम नेतृत्व खोजेको छ’, चौलागाईंले भने ।