
काठमाडौं, ७ भदौ । पहिरोले अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ ।
शुक्रबार दिउँसो मकवानपुरको हेटौंडा–काठमाडौं जोड्ने सडकअन्तर्गत भीमफेदी–८ भर्याङडाँडामा सडक माथिबाट ढुङ्गा, माटोसहितको पहिरो खसेर बाटो पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक विभागसँगको समन्वयमा पहिरो पन्छाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।









प्रतिक्रिया