३० जेष्ठ २०८३, शनिबार

सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : सञ्चारमन्त्री गुरुङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् ।

शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जाललाई नियमन गर्न ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्याउन लागिएको बताएका हुन् । उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ, त्यसको लागि ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्यायौँ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न हैन नियमन गर्न ल्याएको हो ।’

मन्त्री गुरुङले साइबर अपराध नियन्त्रण गर्न कानुनको अभाव भएको भन्दै अपराध रोक्न सरकारले कानुन बनाउन लागेको बताए । ‘साइबर अपराध विश्वकै चुनौती हो । नेपालभित्र हुने यस्ता अपराध रोक्न सरकारले कानुन बनाउन लागेको हो,’ उनले भने ।

मन्त्री गुरुङले मेटा, गुगल जस्ता विदेशी सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्ने पनि बताए ।